ताप्लेजुङको मेहेलेमा फेरि पहिरो, बाबुछोराको मृत्यु

ताप्लेजुङको मेहेलेमा सोमबार बिहान फेरि पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ ।

सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा पुरिएर केशरकुमार राई र उनका छोरा सुरेश कुमार राईको मृत्यु भएको हो । पहिरोमा परी केशरकुमार राई बेपत्ता भएका थिए भने सुरेशलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको थियो । उद्धार गरिएपनि जिल्ला अस्पताल लैजाने क्रममै उनको मृत्यु भएको जनाइएको छ । बुबा केशरकुमारको भने शव फेला परेको हो ।

सोही पहिरोमा परी अर्का स्थानीयवासी राजकुमार राई घाइते भएका छन् । मेहेलेमा शनिबार साँझदेखि नै भएको वर्षा अझै रोकिएको छैन । शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button