तनहुँको गुणादीमा पहिरो जाँदा राजमार्ग विस्तारका कामदार पुरिए, एकको मृत्यु

तनहुँको गुणादीमा पहिरो जाँदा पृथ्वी राजमार्ग विस्तारका कामदारहरु पहिरोमा परेका छन् ।

राजमार्गको गुणादी खण्डमा सडकको छेउमा वाल लगाउँदै गरेका कामदार माथि पहिरो खसेको जनाएको छ । पहिरोमा परी तीन जना घाइते भएको र उनीहरुलाई उपचारका लागि दमौली लगिएको छ । घाइते मध्ये एकजनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइतेलाई पोखराको मणिपाल अस्पताल रिफर गरिएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा झापाको शिवसताक्षी- ७ घर भएका ३३ वर्षीय भीम भुजेल रहेका छन् । यसैगरी सोही स्थानमा घर भएका ४५ वर्षीय कृष्ण लिङ्देनको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने उदयपुर कटारी-७ घर भएका ४० वर्षीय बलबहादुर राईलाई मणिपाल रिफर गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button