पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु, थप एक बेपत्ता

ओखलढुंगामा पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ भने थप एक जना बेपत्ता भएका छन् ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका-८ विलन्दुमा गएको पहिरोमा परी ३८ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ र डेढ वर्षकी छोरी कविता गुरुङ रहेका छन् । पहिरोमा परी १० वर्षीय छोरा दिनेश गुरुङ बेपत्ता भएका छन् ।

बिहीबार राति ११ बजे गएको पहिरोले विलन्दुमा ठूलो क्षति पुर्याएको जनाइएको छ । उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि परिचालन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button