अर्घाखाँचीमा पहिरो जाँदा तीन बालबालिकाको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ पणेनामा आज बिहान गएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

पणेनास्थित तुल्सी रास्कोटीको टिनको छानो भएको दुई तले घर माथिबाट पहिरो खस्दा घरको कुनापट्टिको आधा भाग भत्किएको थियो । पहिरोमा परी घरभित्र सुतिरहेका चार बालबालिका पुरिएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जनाएका छन् । प्रहरीका अनुसार पहिरोमा च्यापिएर १० वर्षीय धन रास्कोटी, ११ वर्षीया अन्जु रास्कोटी र १२ वर्षीया खुम रास्कोटीको मृत्यु भएको हो ।

घटनामा अर्का १४ वर्षीय बालक सचिन रास्कोटीको उद्धार गरिएको छ । उनको आँखा र मुखमा चोट लागेको र अहिले अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button