पोखराको चाउथेमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका १४ चाउथेमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज बिहान करिब साढे चार बजे भएको दुर्घटनामा पोखरा महानगरपालिका २७ तालचोक घर भएका ३४ वर्षीय प्रज्वल गुरुङको मृत्यु भएको हो । घटनामा गम्भीर घाइते गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार बिहान सवा ५ बजे मृत्यु भएको हो । दुर्घटनामा स्कुटरमा सवार पोखरा २७ अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरी घाइते भएका थिए । उनको सोही उपचार भइरहेको छ ।

चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले विपरित दिशाबाट आउँदै ग ८ प ५८३८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । वडा प्रहरी कार्यालय रामबजारले जीपसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button