प्रसूति गृहमा शिशु प्रदर्शनी हुने

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शिशु प्रदर्शनी हुने भएको छ ।

५९ औं संस्करणको शिशु प्रदर्शनीमा सोही अस्पतालमा जन्मिएका एक वर्ष भन्दा साना शिशु सहभागी हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार प्रदर्शनीमा जन्मेदेखि ४५ दिनसम्मका, ४६ दिनदेखि ६ महिनासम्मका र ६ महिना देखि एक वर्षसम्मका गरि तीन विधा हुनेछन् । प्रदर्शनी अस्पतालमै भदौ १ गते बिहान ९ बजेदेखि हुनेछ ।

प्रदर्शनीमा भाग लिन इच्छुक अभिभावकहरुले साउन २४ गतेसम्म दर्खास्त दिन सक्नेछन् । प्रदर्शनीका विजयी शिशुलाई भदौ २० गते कृष्णजन्माष्टमीका दिन पुरस्कार र प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button