भाउजुको हत्या आरोपित देवर पक्राउ

नवलपरासी(पश्चिम) मा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् ।

जिल्लाको रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको आरोपमा उनकै २७ वर्षीय देवर चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जग्गाको विषयमा विवाद हुँदा चन्दनले मिरालाई बाइकको सकरले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते मिरालाई उपचारका जिल्ला अस्पताल परासीबाट मेडिकल कलेज भैरहवा रूपन्देही रिफर गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटना बारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button