हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने मिसन टार्गेट बनाउन प्रम दाहालको निर्देशन

सोमबार सिंहदरबरमा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गर्दै हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने मिसन बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् ।

अवलोकनका क्रममा दाहालले शहरी विकास मन्त्रालयलाई धन्यवाद दिँदै शहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएपछि निर्माणले गति लिएको अनुभव भएको बताएका थिए । देशकै सर्वोच्च सार्वभौम प्रतिनिधि संस्थाको काम कारबाही भाडाको भवनमा सञ्चालन गर्नुपर्दा नमिठो अनुभव भइरहेको युद्धस्तरमा काम गरेर लक्ष्य अनुसार नै काम सम्पन्न गर्नु पर्ने बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आधुनिक र सुविधासम्पन्न संसद भवन बन्नु देशकै गौरवको कुरा भएको उल्लेख गर्दै दाहालले कम्प्रमाइज नगरी निर्माण सम्पन्न गर्न पनि निर्देशन दिए । अवलोकनका क्रममा प्रम दाहालले निर्माणाधीन १२ वटै भवनको निरीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button