अवैध भारतीय रुपैयाँसहित एक पक्राउ

नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थान भारुसहित भारतीय नागरिक ३८ वर्षीय मन्जय रामलाई प्रहरीले पक्राउ गरेको हो । भारत बिहार राज्य वैशाली ग्राम दाउदनगर-२ घर भएका रामलाई कुल १ लाख ८२ हजार भारतीय रूपैयाँसहित भारततर्फ पैदल जाँदै प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button