छोरीलाई विष खुवाएर आफूले सेवन गरेकी पोखराकी सुष्मालाई ३ वर्ष कैद

पोखरा । विष खुवाएर छोरीको हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ ।

छोरीलाई विष खुवाएर आफूले समेत सेवन गरेकी पोखरा -२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई अदालतले तीन वर्ष कैद र ३० हजार रुपैंया जरिवाना सजायको फैसला सुनाएको हो ।

तनहुँको आँबुखैरेनी स्थित एक लजमा २०७७ को माघ १९ गते विष सेवन गरेको अवस्थामा आमाछोरी फेला परेका थिए ।

होटल सञ्चालकले देखेर उनीहरुलाई उपचारका लागि अस्पताल लगेकोमा छोरी कुसुम विकको सोही दिन मृत्यु भएको थियो । उपचारपश्चात् आमा सुष्मा भने निको भएकी थिइन ।

घटना हुँदा वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका आरोपितका श्रीमान् मनोज विकले घटना लगत्तै सुष्माविरुद्ध जाहेरी दिएका थिए ।

मनोज कै जाहेरीका आधारमा सुष्मालाई प्रहरीले झन्डै ६ महिनापछि २०७८ साउन ३० गते पक्राउ गरेको थियो ।

उनी विरुद्ध २०७८ भदौ १६ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो ।

तनहुँ जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेकी सुष्मामाथिको मुद्दामा जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले कैदसहित जरिवाना सजायको फैसला सुनाएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button