पोखराको फेवातालमा युवकको शव फेला

पोखरा । पोखराको फेवातालमा शुक्रबार एक युवकको शव फेला परेको छ ।

सिन्धुली -७ घर भएका २४ वर्षीय सुजन थापा मगर शुक्रबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका अनुसार वाटर फ्रन्ट रिसोर्टनजिकै तालमा शव तैरिरहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button