पोखरामा नहरमा डुबेर बालकको मृत्यु

पोखरा । पोखरामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १७ स्थित पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा १० वर्षीय सम्बोधन अधिकारीको ज्यान गएको हो ।
बिहीबार मध्यान्ह करिब १२:०० बजेको समयमा डुबेर बेपत्ता भएका उनको झन्डै एक घण्टापछि शव भेटिएको हो ।
बालक बेपत्ता भएको खबर लगत्तै उद्धारका लागि खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले नजिकैको रहमा बालकको शव फेला पारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी बेद जोशीले जानकारी दिए ।
बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।