पोखराका कृष्णमणि बराल वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत

पोखरा ।  वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन् ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्रसहित पुरस्कृत गरेको हो ।

नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष ओम खड्काले सस्थाको वार्षिक साधारणसभाको अवसरमा बराललाई नगद रु  २५ हजार र सम्मानपत्र प्रदान  गरे ।

नेवापसले  विगत  साढे तीन दशकदेखि  प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार घोषण गर्दै आएको छ ।

एक वर्षभरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी सान्दर्भिकता, मौलिकता, भाषा शैली र तथ्य–तथ्याङ्कक आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गरिन्छ ।

समूहका पूर्व अध्यक्ष राजेन्द्र दाहालको संयोजकत्वमा समूहका पूर्व महासचिव रमेश भुषाल र विज्ञ सदस्य डा. हुम गुरुङ सम्मिलत तीन सदस्यीय निर्णायक समितिले पुरस्कारको लागि छनोट गरेको थियो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२२’ पाउने बराल ३६ औँ पत्रकार हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button