राष्ट्रिय भलिवलमा गण्डकी प्रदेश तेस्रो

पोखरा । गण्डकी प्रदेश राष्ट्रिय भलिवल प्रतियोगितामा तेस्रो भएको छ ।

तेस्रो स्थानका लागि आज भएको खेलमा गण्डकीले विभागीय टोली आर्मीलाई पराजित गरेको हो ।

योसँगै गण्डकीले समूह चरणमा आर्मीसँगै भएको हारको बदला लिएको छ ।

गण्डकीले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो । गण्डकी समूह चरणको खेलमा आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

गण्डकीले पहिलो सेट २५-२२ जित्दा दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक तवरले २६-२४ अङ्कले आर्मी विजयी भयो ।

तेस्रोमा गण्डकीले २६-२४ अङ्कले बाजी मार्‍यो । चौथो सेटमा गण्डकी पूर्णरूपमा आफ्नो नियन्त्रणमा राख्दै २५-२२ अङ्कले जित्यो ।

गण्डकी समूह चरणमा आर्मी र सेमिफाइनलमा एपीएफसँग पराजित भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button