पोखरामा टाइगर कप भलिवल : आज ४ खेल हुँदै

पोखरा । पोखरामा सोमबारदेखि सुरु भएको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिवल प्रतियोगितामा आज ४ खेल हुँदैछ ।

पोखरा रंगशालाको भलिवल कोर्टमा जारी प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ ।

यसैगरी दोस्रो खेल महिलातर्फ त्रिभुवन आर्मी र भारतको हरियाणा टिमबीच हुनेछ ।

यस्तै, तेस्रो खेल पुरुषतर्फ श्रीलंका आर्मी टिम र सशस्त्र प्रहरीको एपीएफ क्लवबीच हुनेछ भने चौथो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लवबीच हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुष दुवै इभेन्टको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

माघ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्नका लागि १ करोड १५ लाख भन्दा बढि खर्च हुने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button