पाेखरामा टाइगर कप भलिबल : घरेलु मैदानमा गण्डकीको लज्जास्पद हार

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिवल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा महिलातर्फ गण्डकी प्रदेशले लज्जास्पद हार ब्यहोरेको छ ।

गण्डकी घरेलु मैदानमा नेपाल पुलिससँग सोझो सेटमै पराजित भएको हो ।

गण्डकी ३ जना भारतीय खेलाडी लिएर मैदानमा उत्रिएको भएपनि पुलिससँगको हार टार्न सकेन ।

नेपाल पुलिसले गण्डकीलाई २५-१०, २५-९ र २५-१६ ले.हराएको हो ।

नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा मैदान उत्रिएको गण्डकी सुरुका दुई सेट लगातार गुमाउँदै तेश्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भएपनि अन्ततः २५-१६ सेटले पुलिसलाई बुझाउन पुग्यो ।

यो जितसंगै नेपाल पुलिसले ३ अंक हात पारेको छ भने ४ अंकका साथ समूहको शीर्ष स्थानमा छ ।

पुलिस आफ्नो पहिलो खेलमा सोमबार एपीएफ क्लवसँग ३-१ ले पराजित हुँदै १ अंक बटुलेको थियो ।

समूहमा एपिएफ २ अंकका साथ दोश्रो स्थानमा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button