पोखरा-१५ मा बृहत् खेलकुद महोत्सव सुुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ मा दोश्रो बृहत् खेलकुद महोत्सव सुुरु भएको छ ।

महोत्सव उद्घाटन गर्दै संघीय सांसद विद्या भट्टराईले खेल क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको बताइन् ।

खेलाडीहरुको मेहनतकै कारण देशले खेलकुदका विभिन्न स्पर्धाहरुमा अन्तर्राष्ट्रिय पदक जितेको भन्दै उनले अब राष्ट्रले पनि खेलाडीको महत्व बुझ्नुपर्नेमा जोड दिइन् ।

पोखरा-१५ का वडाध्यक्ष तोरण बानियाँले वडावासीबीच भाइचारा सम्बन्ध प्रगाढ बनाउँदै स्वस्थ्य नागरिक उत्पादनका वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकता दिइएको बताए ।

प्रतियोगिता संयोजक वडासदस्य आशिष भण्डारीले गत संस्करणको खेलकुद महोत्सवमा सहभागी भएको खेलाडीहरुले पोखरामा आयोजना भएका विभिन्न प्रतियोगिताहरुमा उपाधि जित्दै वडाको गौरव बढाएको बताए ।

त्यसअघि वडाभित्र रहेका झण्डै ढेड दर्जन संघसंस्थाले खेल मैदानमा मार्च पास गरेका थिए ।

३ दिन सञ्चालन हुने महोत्सवमा खुला फुटबल, विद्यालय स्तरीय फुटबल, महिला तथा पुरुष भलिबल, बास्केट बल, महिला तथा पुरुष दौड, व्याडमिण्टन, रस्साकसी लगायत खेलहरु हुने र १ हजार २ सय खेलाडीले भाग लिएका छन् ।

वडा सदस्य मन्दिरा परियारले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button