म्याग्दीको जलेश्वरमा यात्रु बस दुर्घटना

पोखरा । म्याग्दीमा यात्रु बस दुर्घटनामा परेको छ । बेनी नगरपालिका वडा नं. ८ जलेश्वरमा बस दुर्घटनामा परेको हो ।

बेनी बजारबाट गलेश्वर धामतर्फ जाँदै गरेको ग१ख ५६५५ नम्बरको बस आज दिउँसो ३ः४५ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित केही यात्रु घाइते भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङका अनुसार घटनास्थलमा प्रहरी पुगेको र उद्धार कार्य जारी रहेको जानकारी दिए । बस भित्तामा ठोक्किएको छ । थप विवरण आउन बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button