पोखरासँग गण्डकी प्रदेश कै जनजीवन जोडिएको छ : प्रदेश प्रमुख शर्मा

पोखरा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेतवार्ता भएको छ ।
भेतवार्ताका क्रममा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्न सफल भएको भन्दै प्रमुख आचार्य र पोखरेलीलाई प्रदेश प्रमुख शर्माले बधाई ज्ञापन गरे ।

लामो समयको निरन्तर प्रयत्न पछि पोखरेलीको चाहाना र भावनाअनुसार पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको प्रमुख आचार्यले सुनाए । यस क्षेत्रमा हुने असंख्य पर्यटन गतिविधिले पोखरा पर्यटनलाई चलायमान बनाउन र संसारभरीका पर्यटकलाई पोखरासम्म ल्याइपुर्याउनका महत्वपूर्ण सहयोग पुगेको उनले बताए ।

पोखराका सुन्दर ताल र हिमालय श्रृंखलाको सम्बन्ध विश्व मै उत्कृष्ट रहेको भन्दै प्रदेश प्रमुख शर्माले यसलाई बागमती प्रदेशको पर्यटनसँग जोड्दै लैजानुपर्ने बताए ।

दिगो पर्यटन विकास आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि महत्वपूर्ण हुने उनले बताए । आफू मुस्ताङसम्मको यात्राको क्रममा रहेको बताउँदै उनले पोखरालाई केवल एक उपत्यकाको रुपमा मात्र लिन नहुने बताए । पोखरासँग समग्र गण्डकी प्रदेश कै जनजीवन जोडिएको उनले बताए ।

नगर प्रमुख आचार्यले आफू वृहत्तर पोखराको अवधारणामा सञ्चालित विकासका गतिविधिमा आवश्यक समन्वय गर्दै महानगर क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणको क्रम तीव्र पारिएको बताए ।

महानगरको समग्र विकासका लागि प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक समन्वय गर्दै पर्यटनसहित मानव संशाधन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा पनि निरन्तर लागिरहेको बताए । पोखराको पहिचानसँग जोडिएका प्राचीन तथा लोपोन्मुख संस्कृति संरक्षण, जर्गेना र प्रवर्द्धनमा महानगर प्रतिवद्ध रहेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button