पोखरा । तारकाङ-पोखरा सम्पर्क समाजको स्थापना दिवस सोमबार मनाइएको छ । संस्थाका कार्यवाहक अध्यक्ष शरद्राज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम मादी ४ का अध्यक्ष शिवराज सापकोटाले उद्घाटन गरे ।
वडाध्यक्ष सापकोटाले सहरमा बस्नेहरूले गाउँलाई बिर्सन नहुने भन्दै समाजले तारकाङमा गर्ने हरेक गतिविधिमा सघाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नारायण सापकोटाले संस्था स्थापनाकाल स्मरण गर्दै संस्थाले समयसापेक्ष गतिविधि अघि बढाउनुपर्नेमा जोड दिए ।
ध्रुव माविका अध्यक्ष तथा समाजसेवी बुद्धिसागर सापकोटाले संस्थाले सामाजिक उत्तरदायित्व र आपसी भातृत्व विकासमा सक्रिय हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा सापकोटा कल्याण केन्द्र कास्कीका अध्यक्ष यमनाथ सापकोटा, डा. सोमनाथ सापकोटा, समाजका संस्थापक अध्यक्ष रवि (चन्द्र) सापकोटा, रेडक्रस थुमाको डाँडा उपशाखाका सभापति शुक्रराज सापकोटालगायतले बोलेका थिए ।
यसैबीच नयाँ वर्ष २०८१ का अवसरमा एकापसमा शुभकामना आदानप्रदान तथा समाजले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution