पोखरा-५ मा टोल विकास संस्थाको संस्थागत विकास र सुदृढिकरण प्रशिक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ को आयोजनामा टोल विकास संस्थाको संस्थागत विकास र सुदृढिकरण विषयक प्रशिक्षण सम्पन्न भएको छ ।

पोखरा-५ भित्रका विभिन्न टोलबाट सहभागी भएका ३५ जनालाई वडाका निवर्तमान वडाध्यक्ष धनबहादुर नेपालीले प्रशिक्षण दिएका थिए ।

टोल विकास संस्थाको उद्देश्य र काम, कर्तव्य र अधिकारका विषयमा उनले प्रशिक्षण दिएका थिए ।

नेपालीले जनप्रतिनिधि र टोल विकास संस्था गतिशील हुन सकेमात्र विकासले फड्को मार्न सक्ने दावी गरे ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष विष्णुप्रसाद बरालले पोखरा-५ मा २७ वटा टोल विकास संस्था रहेको जानकारी दिए । उनले विकास निर्माणमा टोल विकास संस्थाको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे ।

सो अवसरमा अध्यक्ष बरालले पोखरा-५ को भवन पोखराकै नमूना बन्ने दावी गरे । उनका अनुसार वडा भवन पोखराकै सबैभन्दा सुविधासम्पन्न बन्दै छ । महानगरको कृषि महाशाखा भवन पनि पोखरा-५ मै बन्दै गरेको भन्दै यसले वडामा महत्वपूर्ण आयाम थपिने उनले विश्वास व्यक्त गरे ।

उनले पोखराको जिरोदेखि फिर्केपुलसम्मका राजमार्गमा सडक वत्ति राखिएकोसमेत बताए । उनले यस आवमा भौतिक पूर्वाधारतर्फ करिब ८५ प्रतिशत काम सकिएको बताए ।

वडासदस्य गोविन्दप्रसाद पराजुलीले टोल विकास संस्थालाई सक्रिय बनाउन, विकास निर्माणमा अत्यन्तै जागरुक गराउन कार्यक्रम आयोजना गरिएको बताए । उनले कार्यक्रमले विकास निर्माणमा महत्वपूर्ण टेवा पुग्ने दावी गरे ।

अर्का वडासदस्य मणिराम बरालले टोल भित्रका समस्या समाधान टोल विकास संस्था आफैले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडासदस्य कल्पना भुवाइँ क्षत्री, मदन मार्ग टोल विकास संस्थाका अध्यक्ष निर्मल खत्रीले पनि बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button