सहचालककले चलाउँदा सुईखेतमा बस दुर्घटना, घाइतेको संख्या ८ पुग्यो

पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ सुइँखेतमा दुर्घटनाग्रस्त बस सहचालकले चलाएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार दुर्घटना पश्चात् चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा सहचालक बेनी नगरपालिका ४ तातोपानीका बिनोद दर्जीले बस चलाएको पाइएको हो ।

दर्जीसमेत सो दुर्घटनामा घाइते भएका थिए । उनलाई अस्पतालबाट डिस्चार्ज भएपछि वडा प्रहरी कार्यालय बगरले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट पोखरा हुँदै बेनीतर्फ जाँदै गरेको ग२ख १६३० नम्बरको बस आज बिहान २ः५० बजे सुइँखेतमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते हुनेको संख्या आठ जना पुगेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ६ जना उपचारपछि घर फकिएका छन् । दुई जनाको उपचार जारी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button