|फाइल तस्बिर
पोखरा । हावाहुरीका कारण बिहीबार दिउँसो फेवातालमा कायक दुर्घटना भएको छ । सो दुर्घटना हुँदा तालमा खसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।
तालमा खसेकी काठमाडौं महानगरपालिका वडा नं १७ सामाखुसीकी २५ वर्षीया अग्नी देवकोटाको सकुशल उद्धा गर्न सफल भएको बताइएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको सकुशल उद्धार गरेको हो ।
देवकोटाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तालमा कायक रमाइरहेकी देवकोटा हावाहुरीका कारण छाल आएपछि तालमा खसेकी थिइन् ।
सशस्त्र प्रहरीका अनुसार पछिल्लो चार दियनता तालबाट करिब दुई सय जनाको उद्धार गरिएको छ । दिउँसोको समयमा हावाहुरी चल्ने र तालमा एक्कासि छाल आउँदा दुर्घटनाका घटना बढिरहेका छन् । दुई दिन अघि पनि तालमा खसेका स्याङ्जाका एक युवकको सकुशल उद्धार गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution