गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित आठ जनाविरुद्ध मुद्धा दर्ता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ स्थित गण्डकी बोडिङ स्कुलका प्रधानाध्यापक वीरेन्द्र खड्कासहित आठ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

डिभिजन वन कार्यालय कास्कीले कानूनविपरीत विद्यालयभित्र रहेका रूख काटेर विक्री गरिएको भन्दै अदालतमा मुद्धा दर्ता गराएको हो ।

वन कार्यालयले सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूख काटिएको दावी गरेको छ ।

अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरिएको पाएको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।

वन कार्यालयले प्रधानाध्यापक खड्कासहित लोकबहादुर थापा, सोनी गुरूङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध शुक्रबार मुद्दा दर्ता गराएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button