आर्मीका सञ्जयले जिते लेखनाथ हाफ म्याराथन उपाधि

पोखर । दोस्रो लेखनाथ हाफ म्याराथनको उपाधि नेपाल आर्मीका सञ्जय श्रेष्ठले जितेका छन् । हाफ म्याराथन २१ किमि दूरी एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गर्दै उनले उपाधि जितेका हुन् । उनले नगद ६० हजार रुपैयाँ नगदसंगै पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

यस्तै, एपीएफका किरण बोगटी एक घन्टा छ मिनेट ३३ सेकेण्डमा दूरी दौड पूरा गरी उपविजेता बने । एक घन्टा ९ मिनेट २९ सेकेण्डमा दूरी पार गरेका नेपाल आर्मीकै रामजी बस्नेत तेस्रो भए । उपविजेता किरणले ३० हजार र तेस्रो भएका रामजीले नगद २० हजार रुपैयाँ हात पारे ।

प्रतियोगितामा एपीएफका खीमबहादुर खत्री चौथो, आर्मीका प्रताप खड्का पाँचौ भए । उनीहरुले क्रमशः १० र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यसैगरी पोखरा १७ निवासी चेतनाथ चालिसे निर्धारित दूरी एक घण्टा ३४ मिनेटमा पूरा गरी पोखरा च्याम्पियन हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

यता, महिला १० किमि दौडमा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम, नेपाल प्रहरीकी राममाया बुढा दोस्रो र आर्मीकी सिर्जना पाण्डे तेस्रो, एपीएफकी पुष्पा भण्डारी चौथो र आशा राउत पाँचौ भए । उनीहरुले क्रमशः ३०, २०, १०, पाँच र दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार जिते ।

यता, पुरुष १० किमि दौडमा आर्मीका श्रीकश राई प्रथम, सुवास कार्की दोस्रो, ललितपुरका अजित कुमार यादव तेस्रो, गण्डकीका दिनेश बोगोटी चौथो र एपीएफका राजेन्द्र तामाङ पाँचौ स्थान जिते ।

उनीहरुले क्रमशः ३०, २०, १०, पाँच र दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार जिते ।

यसैगरी विद्यालय स्तरीय पाँच किमि छात्र दौडमा कास्की मोर्डनाइज्डका बादल कार्की प्रथम, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो, भद्रकाली माविका गंगा गुरुङ तेस्रो, भए । उनीहरुले क्रमशः १५, १० र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यता, छात्रातर्फ रेन्बो एकेडेमीकी सर्मिला बिक प्रथम, कालिका माविकी स्वीकृती कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो भइन् । उनीहरुले उनीहरुले क्रमशः १५, १० र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै, भेट्रान्स ४५ वर्ष माथि पाँच किलोमिटर दौडमा काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल द्वितीय र पोखराका विश्वलाल श्रेष्ठ तृतीय भए । उनहरुले क्रमशः १०, सात र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विजेतालाई पोखरा महानगरका मेयर धनराज आचार्य, पोखरा-१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा-२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताका छ विधामा गरेर पाँच सयभन्दा बढी खेलाडी सहभागी थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button