पोखरा । पोखरामा आज दिउँसो स्कुटरमा आगलागी हुँदा जलेर ध्वस्त भएको छ ।
पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकस्थित बिन्धवासिनी आयल स्टोरमा पेट्रोल भर्नेक्रममा स्कुटरमा एक्कासि आगलागी भएको हो ।
आज दिउँसो ४ बजे ग८प ८२१८ नम्बरको स्कुटरमा आगलागी भएको छ ।
आगलागीबाट स्कुटर ध्वस्त भएपनि अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution