अमृत बेलाबाट दिन शुरुआत, शिवको प्रिय दिनमा राशिफल कस्तो होला ?

आजको पञ्चाङ्ग

मिति २०८१ वैशाख ३ गते सोमबार, इस्वीसंवत अप्रिल १५ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रशुक्लपक्षको सप्तमी तिथि दिनमा ४ः०९ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा पुनवर्सु अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा सुकर्म ५२ घटि ३२ पलासम्म त्यसपछि धृर्ति योग लाग्नेछ । करणमा भद्रा अहोरात्र रहनेछ । आनन्दादि योगमा धूम्र रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३१ घटि ५७ पला अर्थात १२ घण्टा ४८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४१ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२८ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः५५ बजे र अस्ताउने समय राति ११ः४० बजे रहेको छ ।

आजको राशिफल

मेष : आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

वृष : आज पनि समय शुभ छैन । अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मिथुन : आज समय अत्यन्तै शुभ छ । केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईश्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।

कर्कट : आज समय खराब रहनेछ । कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

सिंह : आज समय शुभ छ । दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ ।

कन्या : आज समय सामान्य छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

तुला : आज समय खराब छ । बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । काममा केही पछि परिने समय छ ।

वृश्चिक : आज पनि समय शुभ छैन । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला ।

धनु : आज समय समय शुभ छ । हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।

मकर : आज राम्रो रहनेछ । नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ ।

कुम्भ : आज स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

मीन : आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

साइत : सूर्य मेष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button