पोखराका पर्यटक प्रहरीलाई विद्युतीय साइकल

पोखरा । पर्यटन बोर्ड पोखराले पर्यटक प्रहरीलाई दुई वटा विद्युतीय साइकल हस्तान्तरण गरेको छ ।

पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै पर्यटक प्रहरीमा थपिएको जिम्मेवारी तथा चुनौतीलाई मध्यनजर गरी साइकल प्रदान गरिएको हो ।

स्रोत साधनको अभावमा हुने ससाना समस्या समाधान तथा पोखरा र आसपासका क्षेत्रमा सुरक्षित पर्यटकीय वातावरण सिर्जना गर्नका लागि साइकल सहयोग गरिएको बताइन्छ ।

नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आर्थिक वर्ष ०८०/०८१ मा विनियोजित बजेट शीर्षकबाट विद्युतीय साइकल खरिद गरिएको हो ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यालय प्रमुख नबिन पोख्रेलले जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा, वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठ, अध्यागमन कार्यालय कास्कीका प्रमुख शाखा अधिकृत नवराज शर्मा, पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक जगदिश रेग्मीलगायतको उपस्थितिमा साइकल हस्तान्तरण गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button