पोखरा आउँदै गरेको बसले किच्दा विद्यार्थीको मृत्यु

पोखरा । स्याङ्जामा सवारी दुर्घटना हुँदा एक विद्यार्थीको ज्यान गएको छ । दुर्घटना वालिङ नगरपालिका वडा नं. १३ स्थित सिद्धार्थ राजमार्गमा भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा सर्लाही मलङ्गवा नगरपालिका वडा नं. ६ घर भइ हाल वालिङ नगरपालिका वडा नं १ स्थित रणविर जनहित माविमा ईलेक्ट्रिक ईन्जिनियरीङमा अध्ययनरत २० बर्षीय अमित साह छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुटवलबाट पोखरा आउँदै गरेको लु१ख ६८९७ नम्वरको बसको ढोकाबाट खसेका साहलाई सोही बसको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी निरीक्षक पावलसिंह लामाका अनुसार साह वालिङ-१३ स्थित भूपू सैनिक मावि परीक्षा केन्द्रमा सिटिइभिटी ईलेक्ट्रिक ईन्जिनियरीङ विषयको परीक्षा दिएर फर्कदै गर्दा सो दुर्घटना भएको हो ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । साहको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button