पोखरामा राप्रपाद्वारा राँके जुलुस प्रदर्शन

पोखरा । गत २७ चैतमा काठमाडौंको भएको आन्दोलनका क्रममा घाइते राप्रपाका एक जना कार्यकर्ताको निधन भएपछि राप्रपा झनै आन्दोलित बनेको छ ।

यसक्रममा राप्रपा कास्कीले मंगलबार साँझ पोखरामा राँके जुलुस प्रदर्शन गरेको छ ।

राप्रपा सैनिक संगठन र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले पृथ्वीचोकमा राँके जुलुस गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हो ।

काठमाडौंमा भएको प्रदर्शनमा प्रहरी दमनको विरोध गर्दै सहकारी विषयमा गृहमन्त्री लामिछाने राजीनामा दिनुपर्ने राप्रपा कास्की प्रवक्ता अरुण गिरी बताए ।

आन्दोलनका क्रममा घाइते राप्रपा मधुवन नगर कार्यसमिति बर्दियाका संस्थापक अध्यक्ष ठाकुरप्रसाद डाँगीको निधन भएको हो ।

राप्रपाले डाँगीलाई सहिद घोषणा गर्नुपर्नेमा माग गरेको छ ।

राप्रपा गण्डकी अध्यक्ष एवं प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङले विज्ञप्ति जारी गर्दै डाँगीको सपना साकार पार्न शोकर्ला शक्तिमा बदल्न पार्टीपंक्ति र सम्पूर्णलाई आह्वान गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button