पोखरास्थित राष्ट्रिय माविको हीरक महोत्सव : शनिबार बृहत् पुनर्मिलन समारोह

पोखरा । हीरक महोत्सव मनाइरहेको पोखरा-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले यही शनिबार बृहत् पुनर्मिलन समारोह गर्दैछ । गत २० मंसिरमा ७५ औं वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सवअन्तर्गत एक वर्षसम्म विविध कार्यक्रम गर्दैछ ।

वर्षभरि विभिन्न २२ कार्यक्रम गरी महोत्सव मनाउने घोषणा गरेको विद्यालयले शनिबार पुनर्मिलन कार्यक्रम गर्न लागेको हो । हीरक महोत्सव बृहत् पुनर्मिलन कार्यक्रम संयोजक वसन्तराज अधिकारीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

उनका अनुसार कार्यक्रममा विद्यालयका जग्गादाता, चन्दादाता, अक्षयकोषदाता, स्थापनाकालदेखि हालसम्म अध्यययन गरेका पूर्व विद्यार्थी, पूर्व शिक्षक÷कर्मचारी, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यरुको सहभागिता रहनेछ ।

एक हजार आठ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा परिचयसँगै अनुभव आदानप्रदान गर्ने उद्देश्य राखिएको उनको भनाइ छ ।

आफू पढेको विद्यालयप्रतिको भावनात्मक सम्बन्ध प्रगाढ बनाउन, परिचय तथा बन्धुत्व अभिवृद्धि, तथ्यांक अद्यावधिक, भौतिक संरचनाको अवस्था जानकारीसहित आर्थिक स्रोत जुटाउने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि राय सुझाव संकलन, विद्यालयको सत्वार्षिकी कार्यक्रमका लागि संकल्प प्रस्ताव तयार गर्ने, स्मारिकका प्रकाशन गर्न लेखरचना उपलब्ध गराउन र राष्ट्रियगान भने झंै विद्यालयको गान रचना गरी सहभागीले उपलब्ध गराउने उद्देश्य पुनर्मिलन कार्यक्रमको रहेको छ ।

सो अवसरमा १५ जना पूर्व विद्यार्थीलाई सम्मान गरिने प्रअ ईश्वरी सापकोटाले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button