ह्वात्तै घट्यो सुनको भाउ

पोखरा । आज सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ तोलामा एक लाख ३८ हजार सात सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन तोलामा एक लाख ४० हजार पाँचसय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च एक लाख ४१ हजार आठ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा एक हजार नौ सय रुपैयाँ रहेको चाँदी आज एक हजार आठ सय ६५ रुपैयाँमा झरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button