‘बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनको महत्व आजको विश्व परिवेशमा झनै बढ्यो’

पोखरा । गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले २५६८ औँ बुद्धजयन्ती र किराँत जातिको सांस्कृतिक पर्व उभौलीको शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘विश्वका महान् पुरुष गौतम बुद्व हाम्रो धर्तीले जन्माएकामा हामीलाई गर्व छ । बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेछ । बुद्धबाट व्यक्त प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ । बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै भातृत्व, सद्भाव र दीगो शान्ति स्थापना हुने मेरो विश्वास छ ।’

उनले बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । बुद्ध दर्शनलाई जीवन दर्शन र मानव सभ्यताका रुपमा बुझ्न जरुरी रहेको उनले उल्लेख गरे ।

उभौली जस्ता मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गर्ने उनको विश्वास छ ।

बुद्ध जयन्ती र उभौलीको यो दिनमा भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर राष्ट्रिय एकता तथा साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिन सकियोस् भन्ने उनले शुभकामना व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button