पोखरा न्यूज । कोरोना आशंका गरिएका बिरामीहरुको स्वाब लिन नेपालगन्ज गएको विमान त्यहाँको धावनमार्गमा चिप्लिएको छ ।
विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदान पुगेको जनाइएको छ । घटनामा मानवीय क्षति नभएको र उद्धारकार्य जारी रहेको पनि जनाइएको छ ।
स्वाब लिन नेपाल एयरलाइन्सको वाई – १२ ई विमान त्यसतर्फ उडेको थियो ।