काठमाण्डौ । नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार दिउसो थप १ सय ६६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये पुरुषको संख्या १ हजार ४ सय ५० महिलाको संख्या १ सय १७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए ।
उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ५८ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।
नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय २० जना निको भएर घर फर्किसकेका छन् ।
नेपालमा हालसम्म २ बर्षीया बालिका सहित ८ जनाको मृत्यु भइसकेको छ।