तनहुँमा करेन्ट लागेर एक युवक घाइते, पोखरामा उपचार हुँदै

पोखरा । तनहुँमा करेन्ट लागेर एक युवा घाइते भएका छन् ।

मङ्गलबार दिउँसो १२ बजे तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा करेन्ट लागेर बाग्लुङ घर भएका २१ वर्षीय ग्याल्जन भण्डारी घाइते भएका हुन् । घाइते भण्डारीलाई स्काभेटर लोड गरेको बा ७ ख ३९७१ नम्बरको ट्रकको छतमा बसेर बिजुलीको तार पन्छाउँदै गर्दा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर भण्डारी सडकमा खसेको जनाइएको छ ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल दमौली ल्याइएकोमा सामान्य उपचार पश्चात थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको थियो । घाइतेको अवस्था हाल मध्यम रहेको पनि प्रहरीले जनाएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button