पोखरा । नेपालमा बिहीबार २ सय ७४ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा देशभर २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ।
यसै गरी पछिल्लो २४ घण्टामा २ सय २७ जना निको भइ घर फर्किएका छन् । यससँगै १४ हजार २ सय ४८ जना कोरोनाबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ रहेको छ।