पोखरा । स्याङजा पुतलीबजार नगरपालिका वडा नं ८ कोल्मा बहाकोट डाँडास्वारा गाउँ स्थायी घर भई बेलायतमा बसेका समाजसेवीहरुले आफ्ना गाउँका विपन्न तथा गरिव परिवारहरुलाई राहत पठाएका छन ।
कोभिड १९ का कारण लामो समय भएको लकडाउनका कारण विपन्न परिवारलाई खाद्यान्न समस्या पर्न थाले पछि युकेमा कर्मथलो बनाएकाहरुले राहत पठाएको सोही गाउँ भइ हाल युकेमा बस्दै आएका कृष्ण गुरुङले बताएका छन ।
सहारा एफसीका अध्यक्ष तथा कोल्मा बहाकोट समाज युकेका उपाध्यक्ष समेत गुरुङले युकेबाट २२ जनाले आफ्नो गाउँमा राहतका लागि नगद सहयोग गरेको बताए । “हामीले युकेमा आफ्नो गाउँका विपन्न तथा गरिव परिवारलाई खाद्यान्न समस्या परेको थाहा पायौं सानो कोसेली स्वरुप राहत पठाएका हौं,” उनले भने ।
कोल्मा बहाकोट समाज युकेका संस्थापक सल्लाहकार विनोद गुरुङको संयोजनमा १ लाख ७० हजार बरावरको खाद्यान्न ४६ परिवारलाई वितरण गरिएको उपाध्यक्ष गुरुङले बताए । उनले भने–“विश्वव्यापी रुपमा कोभिडले समस्या छ, तर गाउँले दाजुभाई समस्या परेको बेला केही सहयोग गर्न हात अघि वढाएका हौं ।”
युकेबाट सहयोग गर्नेहरुमा धन प्रसाद गुरुङ, जुम प्रसाद गुरुङ, जयन्द्र गुरुङ, टेक बहादुर गुरुङ, डुक बहादुर गुरुङ, मेजर शंकर गुरुङ, विनोद गुरुङ, गणेश गुरुङ, नविन गुरुङ, देव नारायण गुरुङ, नारायण गुरुङ, रविन गुरुङ, कृष्ण गुरुङ (मुखिया) रहेका छन ।
यसै गरि ठाकुर गुरुङ, कृष्ण गुरुङ (धौसारा), नारायण गुरुङ, नरकाजी गुरुङ, अभिषेक गुरुङ, शेखर गुरुङ, सम्राट गुरुङ, शान्ती गुरुङ, पुर्ण कौरी गुरुङ र देवी गुरुङ (सलोनी)ले सहयोग गरेको उपाध्यक्ष गुरुङले बताए ।