“कोरोनासँग लड्न कोषको ठूलो अभाव छ”: डब्लुएचओ प्रमुख

पोखरा । डब्लुएचओका प्रमुख डाक्टर डा टेड्रोस घेब्रेयेससले कोरोनासँग लड्न कोषको ठूलो अभाव भएको बताएका छन् ।

सोमबार घेब्रेयेससले विश्वमा कोरोना महामारीसँग लड्न गरिएको कोषको प्रतिबद्धता र आवश्यकताबीच ठूलो भिन्नता रहेको उनले बताएका हुन् । जेनेभामा भएको छोटो ब्रिफिङमा उनले कोरोनाको खोपका लागि मात्रै १ सय बिलियन डलर लाग्ने बताए । आगामी ३ साता कोरोना महामारी रोक्न चाहिने साधनको पहुँच विस्तारका लागि निकै महत्वपूर्ण हुने पनि घेब्रेयेससले जानकारी दिए ।

विश्वमा कोरोना महामारीको संकट उच्च रहेको बेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिएको घोषणा गरेका थिए । संगठनको खर्चको ठूलो हिस्सा बेहोर्ने अमेरिकाले स्वास्थ्य संगठन चीनमुखी भएको आरोप लगाउँदै बाहिरिने बताएको थियो ।

सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलोपटक देखिएको कोरोना संक्रमण हाल २ सय १० मा फैलिसकेको छ । भाइरसबाट हालसम्म करिब २ करोड जना संक्रमित हुँदा ७ लाख बढीको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button