भारतमा चार्ज गर्दै फोन गर्दा मोबाइल पड्कियो, ३ को मृत्यु

पोखरा । भारतमा चार्ज गर्दै चलाउँदा फोनमा कुरा गर्दा मोबाइल पड्किएर ३ जनाको मृत्यु भएको छ ।

तमिलनाडुको करुरमा भएको घटनामा एक महिला र दुई बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा मुथुलक्ष्मी नाम गरेकी २९ वर्षीया महिला र उनको २ र ३ वर्षका २ सन्तान रहेको जनाइएको छ । त्यहाँको प्रहरीका अनुसार मोबाइल चार्जमै राखी फोनमा बोल्ने क्रममा फोन काट्ना साथ विस्फोट भएको थियो ।

विस्फोटबाट भएको आगलागीमा गम्भीर घाइते भएको तिनै जनालाई अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा विस्फोट भएको मोबाइलको ब्रान्ड तथा मोडल भने खुलाइएको छैन ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button