नवजात शिशुको हत्या गरेको अभियोगमा ३३ वर्षीया महिला पक्राउ

पोखरा । कास्की प्रहरीले नवजात शिशुको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले कास्की रुपा गाउँपालिका – ४ खाल्टे बस्ने ३३ वर्षीया रिता मल्ल सिंहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तनहुँ व्यास नगरपालिका – ६ घर भई खाल्टे बस्दै आएकी मल्लले नवजात शिशुलाइ जन्म दिई साउन २७ गते रुपा गाउँपालिका – ३ टाकान्जामा फालेकी थिइन् ।

टाकान्जामा शिशुको शव फेला पारेपछि अनुसन्धान पश्चात मल्ललाई साउन ३२ गते उनकै बासस्थान खाल्टेबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।

प्रतिवादी मल्ललाई ज्यान मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button