पोखराका ७ सहित गण्डकीका पाँच जिल्लामा थप २३ जनामा कोरोना संक्रमण

पोखरा न्यूज संवाददाता । पोखराका ७ सहित गण्डकीका ५ जिल्लामा बुधबार बिहान थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पोखरा महानगरपालिका वडा नं ३ का एक पुरुष, वडा नं ४ का एक महिला, वडा नं ५ का दुई पुरुष, वडा नं १० का एक पुरुष, वडा नं ११ का एक महिला र वडा नं १२ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं २ का एक महिला, मुस्ताङ जिल्ला घरपजोङ गाउँपालिका वडा नखुलेका एक महिला, गोरखा जिल्ला गोरखा नगरपालिका वडा नखुलेका दुई पुरुष, स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं ३ का दुई पुरुष, वडा नं ८ का एक पुरुष, वडा नं १२ का एक पुरुष, स्याङ्जा जिल्लाकै चपाकोट नगरपालिका वडा नखुलेका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रसमतको संख्या ६ हजार ८ सय १३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button