पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा १३ की ३६ वर्षीया संक्रमित महिलाको बुधबार मृत्यु भएको हो ।
कार्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको गए राती ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्रा. डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।