पोखरामा ७० कोरोना संक्रमित थपिए, थप १ को मृत्यु

गण्डकीका थप ८४ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । गण्डकी प्रदेशमा शुक्रबार थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ७० र मादी गाउँपालिकाका १ गरी कास्कीमा ७१ सहित म्याग्दीका ९ जना, स्याङ्जाका २ जना, बागलुङका १ जना र तनहुँका १ जना गरी थप ८४ जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा १ की १ महिला, २ का १ पुरुष तथा ३ महिला, ३ का १ पुरुष तथा २ महिला, ४ का १ पुरुष, ५ का १ पुरुष तथा १ महिला, ६ की १ महिला, ७ का १ पुरुष, ८ का १ पुरुष तथा १ महिला, ९ का ३ पुरुष तथा २ महिला, १० का १ पुरुष तथा ३ महिला, ११ का ५ पुरुष, १२ का ३ पुरुष तथा ४ महिला, १३ का १ पुरुष, १४ का १ पुरुष तथा २ महिला, १५ का २ पुरुष तथा २ महिला, १६ का ३ पुरुष, १७ का ३ पुरुष तथा ३ महिला, १८ की १ महिला, १९ का २ पुरुष तथा १ महिला, २३ का १ पुरुष, २५ का १ पुरुष, २६ का ३ पुरुष, २८ का ४ महिला, ३० का १ पुरुष, ३१ का २ महिला, ३३ का १ पुरुष र मादी गाउँपालिकाका १ पुरुष रहेका छन् ।

त्यस्तै तनहुँ व्यासका १ पुरुष, स्याङ्जा पुतलीबजारका २ पुरुष, बागलुङ ताराखोला गाउँपालिकाका १ पुरुष र म्याग्दी बेनीका ९ पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो। यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ४ सय ७९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १३ जना निको भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार २ सय ९१ पुगेको छ ।

कोरोना संक्रमणबाट पोखरामा शुक्रबार थप एक महिलाको मृत्यु भएको छ । मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भई चरक मेमोरियल हस्पिटल पोखरामा उपचाररत पोखरा-८ निवासी ६६ वर्षीया महिलाको शुक्रबार बिहान अस्पतालमा उपचारकै क्रममा निधन भएको निर्देशक डा . शर्माले जानकारी दिनुभयो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६३ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button