पोखरा न्यूज । पोखरामा १९ सहित गण्डकी प्रदेशमा बिहीबार दिउँसो थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ६ का १ पुरुष, ७ का २ पुरुष तथा २ महिला, ८ का २ पुरुष तथा १ महिला, १० का १ पुरुष, ११ की १ महिला, १४ का १ पुरुष, ११ का १ पुरुष, १३ की १ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का १ पुरुष, २५ की १ महिला, २९ की १ महिला, ३१ क १ पुरुष रहेका छन् ।
त्यसैगरी स्याङजा जिल्ला पुतलीबजार नगरपालिकाका १ पुरुष, पर्वत जिल्ला कुश्मा नगरपालिकका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १५ हजार सात सय ७७ पुगेको छ ।