टिकटक बनाउँदा भिरबाट लडेर १८ वर्षीय सुभासकाे मृत्यु

पोखरा न्यूज । टिकटक बनाउने क्रममा भिरबाट लडेर १८ वर्षीय सुभास परियारकाे निधन भएकाे छ । प्रहरीका अनुसार आज बिहान पौने १० बजे उदयरपुरकाे भिरमा लडेर सुभासकाे निधन भएकाे हाे ।

उदयपुर जिल्लाकाे कटारी नगरपालिका-११ हर्देनी भी माथि टिकटक बनाउने क्रममा उनी लडेर गम्भीर घाइते भएका थिए ।

धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीरमाथि सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान-५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाइते भएका हुन् ।

उनकाे उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गइ थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button