प्रधानसेनापति शर्माले दिए भारतीय समकक्षि पांडेलाईलाई बधाई तथा शुभकामना

काठमाडौं  । प्रधानसेनापति प्रभुराम शर्माले नवनियुक्त भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडेलाई बधाई तथा शुभकामना दिनुभएकाे छ ।

भारतीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएकोमा बुधबार भिडियो कन्फरेन्स मार्फत शर्माले उनलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको लागि शुभकामना दिनुभएकाे हाे ।

प्रधानसेनापति शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग पांडेको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभएकाे थियाे ।

‘उक्त अवसरमा भारतीय स्थल सेनाध्यक्ष जनरल पांडेलाई प्रधानसेनापति शर्माले नेपाल भ्रमणका लागि गर्नु भएको निमन्त्रणालाई स्वीकार गरी आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भएको थियो,’ नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button