उम्मेदवारी दर्ताकै बखत देउवाको पक्षमा बहुमत

पोखरा न्यूज  – नयाँ प्रधानमन्त्रीका लागि  उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउको पक्षमा उम्मेदवारी दर्ताकै बखत प्रस्ट   बहुमत देखिएको छ ।

प्रधानमन्त्रीका उम्मेदवार सभापति देउवालाइ  प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताब  गरेका  छन् । त्यसैगरि    काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा (संयुक्त) का नेता जयदेव जोशीले उनलाई समर्थन गरेका  छन्  । यिनै प्रस्ताबक र समर्थक दलहरुसंग संसदमा रहेका सांसदको संख्यालाई जोडेर हेर्दा  उनको पक्षमा स्पस्ट बहुमत देखिएको हो ।

प्रधानमन्त्रीको उम्मेदवार देउवाको आफ्नै पार्टी कांग्रेससँग रहेको २०६ सांसदमा प्रस्ताबक पार्टी  माओवादी केन्द्रसँग रहेका ८१ सांसद र समर्थक मध्येको एक  फोरम लोकतान्त्रिकसँग रहेको १६ सांसद जोड्दा हाल संसदमा कायम रहेको सदस्य संख्या ५९३ को बहुमत ३०३ पुग्छ । सामान्य बहुमतका आधारमा देउवा प्रधानमन्त्री बन्न देउवा २९७ सांसदको समर्थन चाहिन्छ ।  देउबालाई समर्थन गरेको नेकपा संयुक्त  संग भएका ३   र अन्य दुई समर्थक अखण्ड नेपाल पार्टी र समाजवादी जनता दल संग रहेका  १ -१  सांसद  जोड्दा देउवाको पक्षमा ३०८ मत पुग्छ । यी बाहेक अन्य साना दलले पनि समर्थन जनाउने कांग्रेसको आकलन  छ । यसरी हेदा देउबालाई उम्मेदवारी दर्ताकै बखत स्पस्ट बहुमत देखिन जान्छ ।

संसद् सचिवालयले आज  दिउँसो ४ बजेसम्म नयाँ प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको छ भने  भोलि  बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button