पोखरामा असोज २० गतेदेखि ‘रामबजार महोत्सव’ हुने

पोखरा न्युज ।

रामबजार महोत्सवको पाँचौ सँस्करण असोज २० गतेदेखि शुरु हुने भएको छ । सँस्कृतिको संरक्षण र पर्यटनको प्रबद्र्धन गर्ने लक्ष्यसहित हुन लागेको महोत्सव २८ गतेसम्म चल्ने आयोजक रामबजार यूथ क्लबले जनाएको छ ।

आयोजक रामबजार यूथ क्लबले अघिल्ला सँस्करणको तुलनामा यो पटक अझै बढि परिस्कृत र पृथक तवरले महोत्सव हुने जानकारी दिएको छ । क्लबले बुधबार महोत्सवस्थल कालिका उच्च माविको परिसरमा पत्रकार सम्मेलन गर्दै यो पटकको महोत्सवमा दर्शकहरुलाई मनोरञ्जनको वृहत प्रदान गरीने दाबी गरेको छ ।

रामबजार महोत्सवको ४ वटा सँस्करण निकै सफल र भव्य तवरले समापन गरिसकेका छौँ । क्लबका अध्यक्ष धनबहादुर पुनले भने, दर्शकलाई महोत्सवमा कुनै कमि महशुस गर्न दिनेछैनौँ । उनले २० गतेदेखि शुरु हुने महोत्सवको सम्पूर्ण तयारी पनि पुरा भैसकेको जानकारी दिए ।

महोत्सवलाई पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा प्रत्येक दिन विहान पतञ्जली योगपिठ नेपालले निशुल्क रुपमा योगा सिकाउनेछ । त्यस्तै दिउँसोको समयमा लोकदोहोरी गायकगायिकाहरुले माहौल तताउनेछन् भने साँझपख दर्शकले लाइभ म्यूजिकको मज्जा लिन पाउने आयोजकले जनाएको छ भने ,महोत्सवमा विभिन्न हाँस्य कलाकारहरुको प्रस्तुती पनि रहने क्लबका सचिव राजु आलेले जानकारी दिए ।

महोत्सवमा लोकदोहोरीतर्फ बिमाकुमारी दुरा, पशुपति शर्मा, ज्योती मगर, प्रीति आले, प्रजापति पराजुली, बद्रि पंगेनी, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ । त्यस्तै साँझपख हुने लाइभ म्यूजिकमा आशिस राना लाउरे, सुगम पोखरेल, प्रयत्न श्रेष्ठ, दिपक बज्राचार्य, नरेन लिम्बु, अल्मोडा राना उप्रेती, द स्याडोज ब्याण्ड, रोबिन एण्ड न्यू रिभोल्यूसन, एमटी ८८४८, देउराली ब्याण्ड, मुक्ति एण्ड रिभाइभल लगाएतको प्रस्तुती हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

साँझपख महोत्सवमा लाइभ कन्सर्टसँगै फेशन शो पनि हुनेछ । जुन यो महोत्सवका लागि नयाँ स्वाद हो । पोखरा, काठमाण्डौ र बुटवलका १२ भन्दा बढि मोडलहरु र्याम्पमा हिँड्नेछन् । त्यस्तै महोत्सवमा सन्दिप क्षेत्री र कार्टुन क्रुजको पनि विशेष प्रस्तुती रहनेछ । त्यो बाहेक बालबालिकालाई लक्षित गर्दै आयोजकले महोत्सवस्थलमा फनपार्कको व्यवस्था पनि गरेको छ । त्यसैगरि महोत्सवस्थलमा दर्शकले मनोरञ्जनसँगै खानपिन र किनमेलको मज्जा पनि लिन सक्ने आयोजकले बताएको छ । त्यसका लागि महोत्सवस्थल भित्रै १५ वटा स्टलको व्यवस्था गरिएको छ ।

आयोजक रामबजार यूथ क्लबले यो पटक महोत्सवको व्यवस्थापनको सम्पूर्ण जिम्मा गरुड इन्टरटेनमेन्ट नामक इभेन्ट कम्पनीलाई दिएको छ । कम्पनीका संचालक प्रदिप पहारीले महोत्सव निकै व्यवस्थित हुने दाबी गरे । हामीले महोत्सवको व्यवस्थापनलाई राम्रो बनाउनका लागि कुनै कसर बाँकी नराखि काम गरिरहेका छौँ । दर्शकले महोत्सवमा आईसकेपछि त्यो कुराको अनुभव गर्न सक्नुहुनेछ ।

९ दिनसम्म चल्ने महोत्सवका लागि ५० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ महोत्सव मा सोहि अनुपातमा आम्दानी हुने लक्ष्य लिइएको । विभिन्न सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको क्लबले यो पटकको नाफा रकमलाई निम्न वर्गिय विद्यार्थीहरुको शिक्षामा लगानी गर्ने योजना बनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button