के का लागि चाहियो कम्यूनिष्टलाई बहुमत ? – गुरु बराल

पोखरा न्युज ।

नेपाली काँग्रेसका यूवा नेता गुरुप्रसाद बरालले कम्यूनिष्टहरुलाई बहुमत किन चाहिएको ? भनेर प्रश्न उठाएका छन् । बहुमत हुँदा पनि संविधान बनाउन नसक्ने कम्यूनिष्टहरुलाई भोट गरेर फाईदा नहुने उनले औंल्याए ।

‘यसअगाडि पनि कम्यूनिष्ट बहुमत भएको सरकार हुँदै नभएको होईन । तर संविधान निर्माण गरेर जनताको अगाडि ल्याउने काम सुशिल कोईराला नेतृत्वको काँग्रेस सरकारले मात्रै गर्न सक्यो ।’ बरालले भने–‘अनि काम गरेर देखाउन नसक्नेहरुलाई बहुमत किन चाहिएको हो ? मैले बुझ्न सकेको छैन ।’ उनले कम्यूनिष्टहरुले कथमकदाचित बहुमत ल्याईहालेपनि देशमा कुनै विकासको गतिविधि अगाडि बढ्न नसक्ने उनले प्रस्ट्याए ।

उनी घरदैलोको क्रममा भरपोखरी पुगेका छन् । र, उनले त्यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस र लोकतन्त्रको पक्षमा भोट हाल्न मतदाताहरुसमक्ष आग्रह गरे । उनी त्यहाँका महिलाको भेलामा पनि सरिक भए । पोखरा लेखनाथ वडा नम्बर ३३ मा पर्ने भरतपोखरीको विकासको लागि आफू गम्भिर भएको उनले बताए ।

यसअगाडि पनि पटक पटक भरतपोखरी आईसकेका बरालले आफूलाई जनताले अत्याधिक बहुमतका साथ विजयी गराउने विश्वास व्यक्त गरे । ‘यस क्षेत्रले एउटा सेवक पाएको छ । र, युवाहरुले एउटा गज्जबको साथी पाएका छन् । जसले यस क्षेत्र र यहाँका बासिन्दाका लागि राम्रो सोँच्छ अनि राम्रो गर्छ ।’ बरालले भने–‘त्यसैले यस क्षेत्रका मतदाताहरुले मलाई गुमाउनुहुनेछैन ।’ उनले भरतपोखरीको सम्बृद्धिलाई आफूले निकै गम्भिर भएर गुरुयोजनामा उल्लेख गरिसकेको बताए ।

सोमबार भरतपोखरी पुगेका बरालले त्यहाँका मतदातालाई घरघरै पुगेर समेत भेटे । उनले मतदाताको घरमै पुगेर आफुलाई भोट दिएर जिताउन अपील गरे । उनलाई स्थानियले निकै भव्य स्वागत गरेका थिए । बराललाई युवा नेता भन्दै विकासका लागि यस्तै ईच्छाशक्ति भएको व्यक्तिको खाँचो भएको समेत त्यहाँका मतदाताहरुले बताएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button